कतै तपाईलाई पनि पैसा माग्नेको म्यासेज आएको त छैन ? होस गर्नुहोस् ठगी हुनसक्छ !

कतै तपाईलाई पनि पैसा माग्नेको म्यासेज आएको त छैन ? होस गर्नुहोस् ठगी हुनसक्छ !

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
यतीबेला डिजिटल बैंकिङ्गमा नयाँ आयाम थपिएको छ । बैंक जनताको घरदैलोमा मात्रै होइन, हात–हातमै पुगेका छन । डिजिटल बैंकिङ्गमा पर्ने न्युनतम सेवा सुविधाहरु जस्तै अनलाइन बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पीएसओ मेसिन, क्युआर लगायतका सेवा सेवाहरु मानिसहरुले तिब्र गतिमा प्रयोग गरिरहेका छन । तर, तिब्र गतिमा फैलिएको डिजिटल प्रणालिमा सुरक्षाका चुनौतीहरु पनि बेलाबेलामा उठिरहन्छन ।


डिजिटल कारोबारतर्फ आम मानिस आकर्षित भइरहेको बेला डिजिटल ठगिका घटनाहरु पनि बढ्न थालेका छन् । यस्तै ठगीका घटनाहरुमा डिला रेग्मी नाम गरेका एक डिजिटल बैंकिङ प्रयोगकर्ता आँफु ठगीएको गुनासो सुनाउँछन । उनले आफ्नो आधिकारी फेसबुक मार्फत एक सूचना लेख्दै आफु ठगिएको र अरुलाई पनि ठगीबाट बच्नको लागि सुझाएका छन । फेसबुक पोष्टमा उनले लेखेका छन्, ‘अहिले धेरै बिपत पर्यो भली फिर्ता गर्छु ईसेवा, खल्ती, कनेक्ट आइपिएस वा मोबाइल बैंकिङ्ग प्रयोग गरेर २४,५०० पैसा पठाइदेउ भन्दै पैसा चोर्ने ठगहरुबाट समयमै सचेत रहनु होला । टि. पी. रेग्मीलाई १९,००० खल्ती वालेटमा हाल्न लगाई फसाएछ र उनको साथिलाई पनि यस्तै भनेछ । अब साइबर क्राइम ब्युरोमा रिर्पोट गर्नु पर्यो ।’ 

उनले आफ्नो फेसबुक पोस्टमार्फत डिजिटल कारोबार गर्दा सबैजना एकदमै सजग हुनुपर्ने बताएका छन् । तथा ठगी भईहालेमा साइबर ब्युरोमा तुरुन्त खबर गर्नु पर्ने पनि उल्लेख गरेका छन् । उनले थप लेखेका छन्, ‘अन्य थुप्रै जनाको फेसबुक म्यासेन्जर ह्याक भईरहेको हुन सक्छ त्यसैले तपाईहरु पनि यस्ता ठगबाट सजग रहनु होला ।’

अक्सर यस्ता घटनाहरु बजारमा धेरै पाइन्छन । विगतमा प्रविधिका कारण वित्तीय दुर्घटनाहरु भएका छन् । सोही कारण ग्राहकहरुमा मनोवैज्ञानिक अड्चन हुने गरेको छ ।  एटीएमबाट रकम चोरी, बैंकहरुको प्रणाली नै ह्याक गरेर विदेशबाटै पैसा झिकिदिने जस्ता घटनाले मनोवैज्ञानिक त्रास सिर्जना गरिरहेको पाइन्छ । त्यस्ता घटनाले पनि ग्राहकलाई प्रविधिमैत्री बन्न बाधा उत्पन्न गरिरहेका छन। त्यसैले ग्राहकहरुले पनि डिजिटल माध्यमबाट कारोबार गर्दा पिन नम्बर, पासवर्ड लगायतका कुराहरु सुक्षीत राख्नुपर्ने जानकारहरु बताउँछन ।