एभरेष्ट इन्स्योरेन्सको समायोजित सेयरमूल्य कति ?

एभरेष्ट इन्स्योरेन्सको समायोजित सेयरमूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।

इन्स्योरेन्सले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैशाख १२ गते सोमबार बुकक्लोज तोकेसँगै आइतबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर सेयरमूल्य समायोजन गरिएको हो ।

नेप्सेका अनुसार ६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५४४.३४ रूपैयाँ मूल्य निर्धारण गरिएको छ । आइतबार कारोबार भएको अन्तिम मूल्य ५७७ रूपैयाँलाई आधारमा मानेर बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो । यससँगै अब सोमबार यहि समायोजित सेयरमूल्यलाई आधार मानेर एभरेष्ट इन्स्योरेन्सको नेप्सेमा सेयर कारोबार सुचारु हुनेछ ।

गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट प्रस्तावित चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले वैशाख २१ गते साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सको चैत २४ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले वैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजे २७ औं वार्षिक साधारण सभा आह्वान गरेको थियो ।