मेगा बैंकमा पनि जोडियो ‘नेपाल पे’, भुक्तानी झनै सहज

मेगा बैंकमा पनि जोडियो ‘नेपाल पे’, भुक्तानी झनै सहज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

मेगा बैंकले नेपाल लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेपाल पे क्यूआर इन्टिग्रेटेड गरेको छ । बैंकले आफ्ना ग्राहकलाई नेपाल पे क्यूआर स्क्यान गर्न तथा त्यसमार्फत अनलाइन भुक्तानी गर्न सक्ने सुविधाका लागि मोबाइल बैंकिङ एपमा यो सेवा थप गरेको हो । यससँगै बैंकका ग्राहकले नेपाल पे क्यूआरमा रहेका विभिन्न मर्चेन्ट र पेमेन्ट गेटवेमा सहजै अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

नेशनल पेमेन्ट स्वीचमा सहभागी भएर नेपाल पे क्यूआर इनेबल गर्नेमध्येहरुमध्ये मेगा बैंक पनि पहिलो भएको बैंकले जनाएको छ । बैंकका व्यवसायिक ग्राहकहरु नेपाल पे क्यूआरको मर्चेन्टको रुपमा आफुलाई आबद्ध गराएर उपभोक्ताहरुलाई पनि उक्त बैंकिङ एप प्रयोग गराई भुक्तानी गराउन सक्नेछन् ।  बैंकले नेपाल पे क्यूआरलाई थप विस्तार गर्दै लैजाने जनाएको छ।

नेपाल पे क्यूआर नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन ल्याएर सञ्चालन गरिरहेको छ । नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्युआर अन्तर–आबद्धता कायम गर्ने गरी ‘नेपाल पे क्यू आर’ सञ्चालनमा ल्याइएको हो ।

क्यू आर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त ’नेपाल पे क्यू आर’ ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर–आबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ। यसरी अन्तर आबद्धता कायम गर्न सकिने हुँदा उक्त ‘नेपाल पे क्यू आर’ले नेपालमा क्यू आर बाट हुने भुक्तानीलाई थप प्रवर्धन र सहज गर्ने अपेक्षा गरिएको छ । हालसम्म हिमालय बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र समृद्धि फाइनान्स लगायतका मोबाइल एपबाट क्यू आर स्क्यान गरी कारोबार गर्न सकिने छ ।

सरकारको राजस्व भुक्तानी समेत क्यू आर बाट गर्न मिल्ने गरी एनसीएचएलले उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत ‘नेपाल पे क्यू आर’ गत फागुनदेखि थप गरिएको थियो ।

मेगा बैंकले २०७ शाखा, २५ एक्स्टेन्सन काउन्टर, ६० वटा शाखारहित बैंकिङ र १४० एमटीएमबाट वित्तीय सेवा दिँदै आएको छ ।