ग्लोबल आइएमई लघुवित्तको प्रतिसेयर आम्दानी ३६ रुपैयाँले घट्यो

ग्लोबल आइएमई लघुवित्तको प्रतिसेयर आम्दानी ३६ रुपैयाँले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आईएमई बैंकको बहुमत सेयर स्वामित्व रहेको ग्लोबल आईएमई लघुवित्तको प्रतिसेयर आम्दाानीमा ठूलै पहिरो गएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ३५.८३ रुपैयाँ घटेर ४९.४२ रुपैयाँमा झरेको छ । गत आवको यसै अवधमिा ८५.२६ रुपैयाँ रहेको थियो ।

स्पर्स लघुवित्तलाई प्राप्ती गरेको यस लघुवित्तले गत आवको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस वितरण गरेको थियो ।

पूँजी वृद्धिको वावजुत गत आवको अवधिको जति पनि नाफा आर्जन गर्न लघुवित्त असफल भएपछि इपिएसमा ठूलो गिरावट आएको हो ।

चैत मसान्तसम्म लघुवित्तले २० करोड ४८ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा २१ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको खुद नाफा ३.१९ प्रतिशतले घटेको हो ।

अघिल्लो आवको यसै अवधिमा ७ करोड ७८ लाख रुपैयाँ खराब कर्जा उठाएकोमा हाल कुनै पनि रकम असुली नहुँदा पनि नाफामा असर देखिएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६७ प्रतिशत बढ्दा खुद नाफा ३.१७ प्रतिशतले घटेको हो । यस अवधिमा लघुवित्तको जगेडा तथा कोष ५१.२२ प्रतिशत बढेर ४२ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म लघुवित्तले २ अर्ब ७० करोड २८ लाख रुपैयाँ निक्षेप संकलन, तथा ४ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ सापटी लिएर ८ अर्ब २३ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन ५५.९०, सापटी ४१.८७ प्रतिशत र कर्जा परिचालन ६९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.५८ प्रतिशत बढेर ४३ करोड ३९ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २६.०५ प्रतिशत बढेर ३२ करोड ५१ लख २४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात घटेर १.९८ प्रतिशतमा सुधार हुँदा प्रतिसेयर नेटवर्थ १७६.१३ रुपैयाँ, कस्ट अफ फण्ड ८.९७ प्रतिशत र मूल्य आम्दानी अनुपात २९.७२ गुणा छ ।