युरोपियन युनियनले रुसी बैंकहरुलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाउँदै

युरोपियन युनियनले रुसी बैंकहरुलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
युरोपियन युनियनले रुसी बैंकहरु तथा इन्धनलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाउने भएको छ । युरोपियन कमिसनकी प्रमुख उर्सुला भोन डेर लेयनले जर्मनी पत्रिकासँगको कुराकानीमा रसियाको स्बेर–बैंक र इन्धनलाई टार्गेट गरी नयाँ प्रतिबन्ध लगाउने बताएकी हुन् । रुसी बैकिङ क्षेत्रको करिब ३७ प्रतिशत भाग ओगटेको स्बेर बैंक युरोपयिन युनियनको नयाँ टार्गेट बन्न पुगेको छ ।

रुसलाई विश्व वित्तबाट अलग राख्न र रुसी अर्थतन्त्र कमजोर बनाउन युरोपियन युनियन लगायतका पश्चिमा देशहरुले विभिन्न आर्थिक प्रतिबन्धहरु लगाइरहेका छन् ।

यसअघि युरोपियन युनियनले रुसको सबैभन्दा ठूलौ बैंक गाजप्रोम बैंकलाई निसाना बनाएको थियो । गाजप्रोम बैंकको प्रणालीबाट रुसले तेल तथा प्राकृतिक ग्यासको भुत्तानी गर्ने गरेको थियो

यसैगरी युरोपियन युनियनकी प्रमुखले आफूहरुले रुसलाई एकल बनाउन चतुर संयन्त्र बनाएको पनि बताएकी छिन् । यसैक्रममा उनले रुसको तेल निर्यात रोक्न सकिएन भने युरोपियन युनियनले लगाएका प्रतिबन्धको प्रभाव शून्य हुन जाने बताएकी छिन् । सबै प्रतिबन्धहरुको मूल उद्देश्य नै पुटिनको आम्दानीको कम गर्नु रहेको पनि उनले जनाएकी छिन् ।