ह्वाट्सएपको नयाँ अपडेट, अब ग्यालरीमा तस्वीर आफैं सेभ हुनेछैनन्

ह्वाट्सएपको नयाँ अपडेट, अब ग्यालरीमा तस्वीर आफैं सेभ हुनेछैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मेटा कम्पनीको स्वामित्व भएको मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ अपडेट जारी गरेको छ । ह्वाट्सएपको उक्त नयाँ अपडेटसँगै अब फोटो तथा भिडियो डाउनलोड भएसँगै स्मार्टफोनको ग्यालरी वा क्यामरा रोलमा सेभ हुने छैनन् । यद्यपि यो फिचर सबै खाले मिडिया फाइलका लागि नभएर डिसएपियरिङ मेसेजका लागि मात्र रहेको छ ।

अब यदि कसैले तपाईंलाई डिसएपियरिङ फिचरका साथ कुनै फोटो तथा भिडियोयुक्त मेसेज पठायो भने त्यो डाउनलोड भएसँगै आफैं ग्यालरीमा गएर बस्नेछैन । यसलाई तपाईं आफैले सेभ गरेपछि मात्र ग्यालरीमा देखापर्नेछ ।

ह्वाट्सएपले एक नयाँ इडिटिङ टूल पनि ल्याउने तयारी गरिरहेको छ जुन आइओएस बिटा भर्सनमा देखिएको छ । मिडिया फाइलहरू ग्यालरीमा आफै सेभ नहुने फिचर पनि बिटा भर्सनमा देखिएको छ । नयाँ फिचरलाई नाम दिइएको छ ।

स्मरण रहोस् ह्वाट्सएपमा मेसेज डिसएपियरिङ फिचर सेटिंग गर्नका लागि २४ घण्टा, ७ दिन तथा ९० दिनको विकल्प रहेको छ । यसरी सेट गरेसँगै ह्वाट्सएपमा आउने मेसेज, फोटो तथा भिडियोहरू २४ घण्टा, ७ दिन तथा ९० दिनमा आफै डिलिट हुनेछन् ।

त्यस्तै एक अर्को खबर अनुसार ह्वाट्सएपले फोन नम्बर सेभ नगरिकनै पनि मेसेज पठाउन सकिने फिचर पनि परीक्षण गरिरहेको छ ।

ह्वाट्सएप एन्ड्रोइडको बिटा भर्सन २.२२.८.११ मा यो नया फिचर देखिएको छ । नयाँ अपडेटसँगै च्याटमा प्राप्त हुने कुनै नयाँ नम्बरमा ट्याप गरेर सिधै उसलाई मेसेज पठाउन सकिनेछ ।

एजेन्सी