राष्ट्र बैंकले कर्जामा कडाई गर्दा सेयर बजार थप प्रभावित

राष्ट्र बैंकले कर्जामा कडाई गर्दा सेयर बजार थप प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।   
नेपाल राष्ट्र बैंकले विलासीताका वस्तुहरुको आयात निरुत्साहनका लागि प्रतितपत्र नखोल्न निर्देशन दिएको भोलिपल्टको सेयर बजारमा उच्च गिरावट आएको छ । केन्द्रीय बैंकले सिडी रेसीयो ९० प्रतिशत माथि पुगेका बैंकहरुलाई कर्जा विस्तार गर्न रोक लगाएकाले पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो ।

केन्द्रीय बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर कर्जा निक्षेप अनुपात (सीडी) असार मसान्तसम्म ९० प्रतिशतमा नझारे कारबाही गर्ने भनेपछि बैंकहरुले नयाँ कर्जा दिन रोक लगाएका हुन ।

पछिल्ला केहि दिन यता दैनिक दोहोरो अंकले घट्ने क्रममा रहेको सेयर बजार पछिल्लो चार कारोबार दिनमा मात्रै ११७ अंकले तल झरेको छ । मंगलबार साढे ४६ अंकले ओरालो लागेको हो । मंगलबारको सेयर बजार ४६/४६ अंकले घटेर २४५२/०६ बिन्दुमा झरेकोे छ । बजार उच्च अंकले घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार १ अर्ब ७५ करोड कारोबार भएकोमा मंगलबार २ अर्ब ६७ करोड पुगेको छ ।

आजको बजारमा राष्ट्र उत्थान र नेष्डो लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जाल्पा लघुवित्तको ६/०७ प्रतिशत र युनिलिभर नेपालको ३/२३ प्रतिशतले बढेको छ। यस्तै इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ६/३७ प्रतिशत, युनाइटेड इदि मर्दी ६/०१ प्रतिशत, जनरल इन्स्योरेन्सको ५/६९ प्रतिशत र एनटिसिको ४/७० प्रतिशतले घटेको छ।

यसदिन हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ९ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीको मूल्य १/२९ प्रतिशत घटेको छ। नबिल बैंक र नेपाल लाइफको ८र ८ करोड रुपैयाँ अधिकको सेयर कारोबार भयो। सूर्या लाइफ इन्स्योरेन्सको ७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच हुँदा मगलबार अरुण भ्यालीको ६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ।