श्रीलङ्काका नवनियुक्त अर्थमन्त्री साब्रीले २४ घण्टा पुरा नहुँदै दिए राजीनामा

श्रीलङ्काका नवनियुक्त अर्थमन्त्री साब्रीले २४ घण्टा पुरा नहुँदै दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।   
श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन ।

सोमबार उनीसँगै अरु तीन गरी चार मन्त्रीले सपथ ग्रहण गरेका थिए । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।

अहिलेको सांसदभन्दा बाहिरका व्यक्तिहरू सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनु पर्ने माग राख्दै उनले राजीनामा दिएका हुन। त्यसका लागि संसद् सदस्य भएकाहरूलाई संसद् सदस्यबाट राजीनामा गराएर भएपनि जिम्मेबारी दिन सकिने उनको भनाई छ ।

तर राष्ट्रपतिले भने अहिलेकै सरकारलाई पुनर्गठन मात्रै गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पारे ।

देशको अर्थतन्त्र चरम सङ्कटमा पुगेपछि अभाव र समस्या सृजना भएको भन्दै आम नागरिक आन्दोलित भएका छन् । उनीहरूको आन्दोलनलाई दबाउन सरकारले सङ्कटकालसँगै कफ्र्यू जारी गरेको थियो ।

आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिदै गएपछि तत्कालीन सबै मन्त्री र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका थिए।

सरकारमा प्रधानमन्त्री मात्रै रहेपछि राष्ट्रपति राजापाक्षेले सरकारमा सहभागी हुन अन्य दलका नेताहरूलाई आह्वान गरेका थिए । उनकै आह्वान अनुसार सङ्कट समाधान गर्ने अठोटसहित मन्त्री बनेको व्यक्तिले पनि राजीनामा दिने क्रम सुरु भएको हो ।
सिन्ह्रा