हाम्रो पात्रो रेमिटबाट प्रतिव्यक्ति १ लाख डलरसम्म रकम पठाउन मिल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।   
नेपालको सर्वाधिक डाउनलोड गरिएको एप हाम्रो पात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पुरा भएको छ। असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन् । कप्पनीका अनुसार अहिलेसम्म प्रति व्यक्तिले  ६ महिनामा अधिकतम ३० हजार अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था रहेकोमा अब देखि यो सीमा बढेर एक लाख डलर पुगेको छ।

प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिएको यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागू हुनेछ। 

हाम्रो पात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ । अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रो पात्रोको विश्वास छ।