राष्ट्र बैंकको एक्सनपछि अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल

राष्ट्र बैंकको एक्सनपछि अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थतन्त्रमा समस्या देखिएपछि अर्थमन्त्री जनार्दन शर्माले उच्च स्तरिय छलफल गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तथा योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा अर्थ मन्त्रालयका सचिवहरु मधु मरासिनी तथा राजस्व सचिव कृष्णहरि पुस्कर थिए । वाणिज्य मन्त्रालयका सचिव गणेश पाण्डे थिए । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभाग कमल भट्टराई सहभागी थिए ।

सोमबार राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी आयातको एलसी रोक्न मौखिक निर्देशन दिएका थिए । मंगलबार अर्थमन्त्रीसँगको उच्च स्तरिय छलफलमा अर्थतन्त्रमा अहिले समस्या देखिएपनि खराब नभएको निष्कर्ष निकालेका थिए ।

अर्थतन्त्रलाई पनि प्रारम्भिक रुपमा देखिएको समस्यालाई हल गर्न केही वस्तुको आयात रोक्नुपर्ने छलफल उच्चस्तरिय बैठकमा भएको थियो ।