८ महिनामा जीवन बीमा कम्पनीको आम्दानी ९२ अर्ब, कुन कम्पनीको कति ?

८ महिनामा जीवन बीमा कम्पनीको आम्दानी ९२ अर्ब, कुन कम्पनीको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
२१ चैत, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क बापत ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् । बीमा समितिले दिएको जानकारी अनुसार यी कम्पनीहरुले फागुन महिनासम्म २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बीमा शुल्कवापत आर्जन गरेका हुन् । यस अवधिमा कम्पनीहरुले नवीकरण बीमा शुल्क वापत ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेका छन् ।

फागुन महिनामा मात्रै कम्पनीहरुले प्रथम बीमा शुल्क बापत २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ र नवीकरण बीमा शुल्कबाट ८ अ र्ब १ करोड ९८ लाख ८४ हजार रुपैयाँ गरी १० अर्ब ९० करोड १५ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक महिनामा जीवन बीमा कम्पनीहरुले ११ लाख ३७ हजार ७४९ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले एक वर्षमा ३८ दशमलव ३७ प्रतिशतले जीवन बीमालेख वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ९२ लाख ३९ हजार ८२४ वटा बीमालेख बिक्री गरेका हुन् । अघिल्लो वर्षको फागुन मसान्तसम्म कम्पनीहरुले ७४ लाख ६४ हजार १५१ वटामात्रै बीमालेख बिक्री गरेका थिए ।