सूर्योदय वोमी लघुवित्तको सीईओमा पंगेनी

सूर्योदय वोमी लघुवित्तको सीईओमा पंगेनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मोक्ष प्रसाद पंगेनी चयन भएका छन् । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक भई शनिबारबाट एकीकृत कारोबार थालेका हुन् । 

एकीकृत कारोबार थालेसँगै लघुवित्त सञ्चालक समितिको शनिबारको बैठकले पंगेनीलाई २०७८ चैत १९ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

सोही बैठकले तत्कालीन वोमी लघुवित्तका सीईओ प्रमेश आचार्य नयाँ संस्था सूर्योदय वोमी लघुवित्तमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्न जिम्मेवजारी दिएको छ । उनी कम्पनी सचिव समेत रहेका छन् ।

वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले मर्जर सम्झौताको ७ महिनापछि चैत १९ गतेदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । दुई लघुवित्तले गत भदौ १५ गते एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए ।

यसअघि दुबै कम्पनीको गत पुस १६ गते सम्पन्न साधारण सभाले एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो । दुई लघुवित्तबीच एक बराबर एक सेयर स्वाप रेसियोमा अनुपातमा मर्जर सम्पन्न भएको हो ।

ती दुई कम्पनीले एक आपसमा मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट फागुन ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट चैत १ गते स्वीकृती पाएपछि चैत १९ गतेबाट एकीकृत कारोबार शुरु गरेका हुन् ।

सूर्योदय वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय हाल वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहेको वागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर १३ साँगामा रहने छ । सूर्योदय लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय पुतलीबजार स्याङजामा रहेको छ ।

लघुवित्तबीच मर्जर सम्पन्न गर्न संयुक्त मर्जर कमिटी गठन भएको थियो । संयुक्त मर्जर कमिटीमा वोमी लघुवित्तको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र र सूर्योदय लघुवित्तको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एक बहादुर गोदार सदस्य रहेका थिए ।

मर्जपछि दोस्रो बजारमा कारोबार खुला गर्नका लागि लघुवित्तले प्रकृया अगाढि बढाइसेकाले चैत महिनाभित्रै धितोपत्र कारोबार खुला हुने विश्वास लघुवित्तको छ ।

त्यसैगरी मर्जर पश्चात बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधानलाई चयन गरेको छ । कम्पनीको सञ्चालकमा बिन्दीया श्रेष्ठ प्रधान, अनन्त कुमार श्रेष्ठ,नरेन्द्र कुमार प्रसाई र गुडाखर सापकोटा संस्थापक सेयरधनीको तर्फबाट चयन भएका छन् । यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट कृष्णराज सिलवाल र तारा शर्मा नियुक्त भएका छन् । त्यसैगरी स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा चयन भएका छन् ।