आरटीजीएस कारोबार समय एक घण्टा थप

आरटीजीएस कारोबार समय एक घण्टा थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रोस सेलमेन्ट (आरटीजीएस) को कारोबार अवधि बढाएको छ । बैंकले आटीजीएसको कारोबार समय ७ घण्टाबाट बढाएर ८ बनाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार वर्षको ९ महिना आरटीजीएसको कारोबार समयमा ८ घण्टा हुनेछ । तर, बाँकी ३ महिना भने ७ घण्टामा सिमित रहने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आगामी बैंशाख २ गते देखि लागु हुने गरी आरटीजएसको कारोबार समय तोकेको हो । सो अनुसार हरेक वर्षको माघ महिनाको १६ गते देखि कात्तिक १५ गतेसम्म आरटीजीएसको कारोबार समयमा बिहीन ९ देखि बेलुका ५ बजेसम्म कायम गरेको छ ।

त्यसैगरी कात्तिक १६ देखि माघ १५ गतेसम्म अर्थात तिन महिनाका लागि भने बिहीन ९ देखि दिउँसो ४ बजे कायम गरेको छ ।

हाल आरटीजीएसको कारोबार समय बिहान १० देखि बेलुका ५ बजेसम्म छ । त्यसैगरी नयाँ व्यवस्था अनुसार शुक्रबार पनि ९ बजे देखि १ः३० बजेसम्म कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।