सिद्धार्थ, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको लाभांश पाउन आजसम्म सेयरधनी बन्नैपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश पाउन चैत १६ गते बुधबारसम्म सेयरधनी बन्नैपर्ने देखिएको छ ।

तीनवटै कम्पनीले लाभांश वितरण प्रयोजनका लागि चैत १७ गते बिहीबार बुकक्लोज गर्दैछन् । बुकक्लोज अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने लगानीकर्ताले मात्र लाभांश तथा साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

कुन कम्पनीको कति लाभांश ?

१. सिद्धार्थ इन्स्योरेन्सः चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद लाभांश

२० औं वार्षिक साधारण सभाः चैत ३० गते, नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटीमण्डप, काठमाडौँमा बिहान साढे १० बजे

२. प्रभु इन्स्योरेन्सः चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद
सभाका अन्य प्रस्तावः अन्य उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन गर्ने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने
सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन
२६ औं वार्षिक साधारण सभाः चैत ३० गते बुधबार, प्रभु कम्प्लेक्स तीनकुने बिहान ११ बजे

३. आरम्भ चौतारी लघुवित्तः चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने

सभाका अन्य प्रस्तावः अन्य लघुवित्तसँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी
देउराली लघुवित्तको संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने
छैटौं वार्षिक साधारण सभाः चैत २७ गते आइतबार, बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोक बिहान साढे ११ बजे