बैंकहरुमा दुधको चिया प्रतिबन्ध हुने

बैंकहरुमा दुधको चिया प्रतिबन्ध हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले एकपछि अर्काे नियामकीय व्यवस्था कार्यान्वायनका नाममा बैंकहरुको आम्दानीमाथि कैचि चलाउन थालेपछि खर्च कटौतीमा नयाँ–नयाँ उपाय खोजी हुन थालेको छ । यो क्रममा कतिपय बैंक तथा वित्तिय संस्थाहरुले कर्मचारी तथा सेवाग्राहीलाई खुवाउने चियामा समेत कटौती गर्न थालेका भेटिएको छ ।

अधिकांश वाणिज्य बैंक तथा विकास बैंकहरुले खर्च कटौती गर्न थालेको छ । कर्मचारीहरुलाई दैनिक उपलब्ध गराउने केहि कप चियामा समेत लगाम लगाउन थालेका हुन् । सो क्रममा कालोचिया निञ्चित कप मात्र उपलव्ध गराउने र दुध चिया दिन बन्द गर्ने क्रम तीब्र बनेको छ ।

स्वास्थ्यलाई पनि राम्रो नगर्ने तर्क अघि सार्दै यस्तो निर्णय गर्ने भएको हो । साथै, कुनै कर्मचारीलाई खान मन लागेको खण्डमा आफै ल्याउन सक्ने वा बाहिर गएर चिया पिउनुपर्ने बाध्यात्मक अवस्था बनेको छ ।
हर्दाे साधारण काम भएपनि दुध खरिदमा धेरै रकम जाने गरेको छ । हाल नेपालका सम्पुर्ण बैंकहरुमा गरेर कुल ३७ हजार कर्मचारी कार्यरत छन् । जसको कारणले दुध नकिन्ने हो भने बार्षिक रुपमा १३ करोड रुपैंयाभन्दा बढी बचत गर्न सक्ने देखिन्छ यसमा बिकास बैंकको कर्मचारीको खर्च संलग्न छैन । 

यसरी हेर्दा नेपालका बैंक तथा वित्तिय संस्थाले बर्षमा दुध चियामा मात्रै पनि कर्मचारीलाई खुवाएनन् भने पनि बार्षिक रुपमा २० करोडभन्दा बढी बचत गर्नसक्ने रोचक तथ्यांक छ ।
दुध चिया कटौती गर्ने बैंकका सिइओ भने यसले स्वास्थ्य पनि सुधार्ने र केहि रकम पनि जोगिने भएकोले पनि यो निर्णय सकारात्मक भएको ठान्छन् ।