स्मार्टच्वाईस टेक्नोलोजिज र एनआइसी एसिया बैंकवीच स्मार्ट क्यूआर सञ्चालनको सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज र एनआइसी एसिया बैंकवीच स्मार्ट क्यूआर सञ्चालनको सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र बैंक एनआइसी एसियावीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

राजधानी काठमाडौंमा मङ्लबार आयोजित कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात बिभिन्न व्यापाररव्यवसाय गर्दै आएका व्यवसायिहरूले एनआइसी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ ।

बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एन।आइ सी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।