समृद्धि फाइनान्समा खाता खोल्दा मोवाईल सिम सित्तैमा

समृद्धि फाइनान्समा खाता खोल्दा मोवाईल सिम सित्तैमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । सिम सँगै ५० रुपैयाँको व्यालेन्स सहित आकर्षक स्किम ल्याएको छ ।

फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को व्यालेन्स सित्तैमा पाँउनेछन । नयाँ ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५% र बचत निक्षेपमा अधित्तम ११% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।