श्रीलंकाको आर्थिक संकट : पूर्व निर्धारित शल्यक्रिया रोकियो 

श्रीलंकाको आर्थिक संकट : पूर्व निर्धारित शल्यक्रिया रोकियो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आर्थिक संकटको कारण सार्क मुलुक श्रीलंकामा एक पछि अर्काे समस्या आइपरिरहेको छ । हाल आएर त्यहाँको अस्पतालमा औषधी अभाव हुन थालेको छ जसको कारणले पूर्व निर्धारित शल्यक्रियाको लागि औषधी अभाव भएको हो ।
अन्तराष्ट्रिय मुद्राको सञ्चिति सकिएको कारणले विभिन्न मुलुकबाट औषधी आयातमा कमी आएको कारणले स्वास्थ्य क्षेत्रमा समस्या आइपरेको हो ।
आर्थिक संकटको कारण त्यहाँका साढे २ करोड नागरिकमा प्रत्यक्ष असर परेको हो ।
हालैको केही दिन अघि पैसाको अभावकै कारण कागज किन्न नसकेपछि यसअघि श्रीलंकाको ४५ लाख विद्यार्थीको बार्षिक परिक्षा स्थगित भएको थियो ।
उत्पादनमा कमी हुनु र खर्च बढी हुनुको कारण श्रीलंकामा आर्थिक संकटको असर स्वास्थ्य क्षेत्रमा पनि देखा परेको हो । 
श्रीलंकामा औषधी अभावमा शल्यक्रिया रोकिएपछि भारतले आवश्यक सहयोग गर्ने तयारी थालेको छ । भारतका विदेशमन्त्री एस जयशंकरले भारतका उच्च आयुक्तको लाई यसबारेमा छलफल गर्न र यसबारेमा भारतले के सहयोग गर्न सक्छ भन्ने बारेमा बुझ्न भनेका छन् ।

एजेन्सीको सहयोगमा