खल्ती’ बन्यो “डान्सिङ स्टार्स नेपाल“ को भोटिङ पार्टनर 

खल्ती’ बन्यो “डान्सिङ स्टार्स नेपाल“ को भोटिङ पार्टनर 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

‘खल्ती’ डिजिटल वालेट “डान्सिङ स्टार्स नेपाल“ को भोटिङ पार्टनर चयन भएको छ । “डान्सिङ स्टार्स नेपाल“ १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको रियालिटी शो हो । जसमा एक मात्र भोटिङ पार्टनरको रुपमा भुक्तानी सेवा प्रदायक डिजिटल वालेट ‘खल्ती’ले साझेदारी गरेको हो ।

यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट रूपमा प्रसारण हुनेछ ।

शोमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरुको रुपमा रहेका छन् ।

कार्यक्रमको भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुचारु हुनेछ ।

‘खल्ती’का २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु छन् । साथै, ‘खल्ती’ले निःशुल्क बैंक ट्रान्सफर, बैंक लिङ्क , स्क्यान र पे अफरहरू जस्ता विभिन्न अफर र क्याम्पेनहरू निरन्तर ल्याइरहेको छ ।

खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।