नेप्सेमा नबिल बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेप्सेमा नबिल बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति कित्ता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
( आज )चेत्र १५ गते मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नबिल बैंक लिमिटेड, एक्सल डेभलपमेण्ट बैंक लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस बापतको ४ करोड ६५ लाख १७ हजार ३ सय ५५ दशमलब ८९ कित्ता सेयर सूचिकृत भएको हो । 

एक्सल डेभलपमेण्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५ दशमलब ४६९७ कित्ता सेयर सूचिकृत भएको हो । 

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१ दशमलब ५० कित्ता सेयर सूचिकृत भएको हो ।