बैंकहरुको निक्षेप र कर्जामा २ अर्बको वृद्धि

बैंकहरुको निक्षेप र कर्जामा २ अर्बको वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन एक सातामा २ अर्ब र कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको हो ।

चैत दोस्रो सातामा बैंकहरुले निक्षेप २ अर्ब रुपैयाँले बढाएर ४३ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप पुर्याएका छन् । गत सातामा ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

यस्तै बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी पुर्‍याएका छन् । गत सातामा बैंकहरुको कुल लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । यस्तै, बैंकहरुको सीडी रेसियो ९१.१३ प्रतिशत पुगेको छ ।