“एनआईबिएल समृद्धि फण्ड -१” ले इकाईधनीको लगानी रकम फिर्ता गर्दै

“एनआईबिएल समृद्धि फण्ड -१” ले इकाईधनीको लगानी रकम फिर्ता गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल समृद्धि फण्ड–१ ले आफ्ना इकाईधनीहरुले लगानी गरेको रकम यहि चैत १३ बाट फिर्ता गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको तथा एनआईबिएल एस क्यापिटल लि. योजना व्यवस्थापनमा संचालित “एनआईबिएल समृद्धि फण्ड -१” २०७८ पुस २२ मा परिक्क भएको थियो।

फण्डले फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेकोे बैंक खातामा नै जम्मा गर्ने जानकारी गराएको छ ।

यस योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो । योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मुल्य १२.७४ रुपैयां कायम भएको छ र सो अनुसार नै फिर्ता भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

 सञ्चालन अवधि ७ वर्ष रहेको यस योजनाले औषत वार्षिक १७.९९ % प्रतिफल प्रदान गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५ % नगद लाभांश पाएका थिए ।

आर्थिक वर्ष २०७२/७३, २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ मा भने क्रमशः १५%, १८%, १२%, ६.५% र १२% नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए ।

हाल सम्म, यस क्यापिटलले “एनआईबिएल म्युचुअल फण्ड“ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । साथै नयाँ बन्दमुखी योजना एनआईबिएल ग्रोथ फण्ड नेपाल धितोपत्र बोर्डमा पेश भएर प्रारम्भिक चरणमा रहेको छ ।