ग्लोबल आईएमईले कोरियामा प्रतिनिधि कार्यालय खोल्न पायो स्वीकृति, रेमिट्यान्स बढ्ने आशा

ग्लोबल आईएमईले कोरियामा प्रतिनिधि कार्यालय खोल्न पायो स्वीकृति, रेमिट्यान्स बढ्ने आशा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
ग्लोबल आईएमई बैंकले कोरियामा प्रतिनिधि कार्यालय खोल्नका लागि राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा प्रतिनिधि कार्यालय खोल्नका लागि राष्ट्र बैंकले स्वीकृति दिएको बताएका हुन् ।

उनले अब रेमिट्यान्स बढ्ने पनि दावी गरे । रेमिट्यान्स भित्र्याउन अर्थात विदेशी डलर स्वदेशा ल्याउनका लागि कोरियामा खुल्ने प्रतिनिधि कार्यालयले महतव्पूर्ण सहयोग गर्ने बताए ।

यस्तै, उनले आगामी दिनहरुमा विभिन्न देशहरुमा शाखा खोल्ने र नयाँ–नयाँ काम गर्ने, कार्यान्वयनमा टेवा पुर्याउने विषयहरुमा ग्लोबल आईएमई बैंकको प्राथमिकता हुने बताए ।

‘हामीले नेपाल राष्ट्र बैंकबाट कोरियामा प्रतिनिधि कार्यालय खोल्न लागि अनुमति पाएका छौं, अब छिट्टै कार्यालय खोल्दैछौं, कार्यालय खोलेपछि रेमिट्यान्स बढ्ने हाम्रो अपेक्षा छ, त्यसपछि केही मात्रामा भएपनि तरलताको संकट कम हुनेछ,’ अध्यक्ष ढकालले भने ।

यस्तै, उनले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको जुनसुकै नीति कार्यान्वयनमा पनि अगाडि देखिएको बताए । आइतबार बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।