अदालतले माग्यो आईएफआइसी शेयर बिक्रीको कागजपत्र

अदालतले माग्यो आईएफआइसी शेयर बिक्रीको कागजपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा अदालतले प्रमाण मिसिल झिकाउन आदेश दिएको छ । बुधबार पाटन उच्च अदालतमा हरिप्रसाद भण्डारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

गत पुस २१ गते दुगड समुहबाट पाटन उच्च अदालतमा बंगलादेशको आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर दुईवटा रिट परेको थियो ।

रिट निवेदकले चौधरीसँगको सेयर खरिद विक्रीको सम्झौता खारेज गरी आफूहरुसँग भएको सम्झौता अनुसार सेयर खरिद विक्री हुनुपर्ने माग गरेका छन् ।

नेपाल बंगलादेश (एनबी) बैंकको संस्थापक सेयर खरिद प्रक्रिया विवादमा परेको छ । आईएफआईसीले विक्री गर्न लागेको एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर खरिद गर्न चाहेका नेपाली व्यवसायिक घराना कानुनी लडाइमा जुटेका हुन् ।

आईएफआईसीले विक्री गर्न लागेको एनबी बैंकको ४२ प्रतिशत संस्थापक सेयर खरिद गर्न दुई समुह सक्रिय भएर लागेको थियो । सनराइज बैंक संचालक समिति अध्यक्ष मोतिलाल दुगडको समन्वयमा व्यवसायीहरु शेखर गोल्छा, पशुपति मुरारका सहितको समुहले सेयर खरिदको प्रक्रिया अघि बढाइरहेको भनिएको समयमा अर्का व्यवसायी विनोद चौधरीले सेयर खरिद गरिसकेपछि विवाद अदालतसम्म पुगेको हो ।