सर्भेयरसँग बैठक बस्दै बीमक संघ, शुल्क वृद्धिमा सहमति नभए के हुन्छ ?

सर्भेयरसँग बैठक बस्दै बीमक संघ, शुल्क वृद्धिमा सहमति नभए के हुन्छ ?


काठमाडाैं – लामो समयबाट विवादमा रहेकाे सर्भेयरहरुको फीकाे विषयमा सम्बन्धित निकायबीच छलफल हुने भएकाे छ । भाेलि बुधबार १२ बजे विवादमा रहेकाे फिकाे समाधानका विषयमा सर्भेयर सघं र बीमक सघंबीच अन्तरक्रिया हुने भएकाे हाे ।

भोलि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कार्यलयमा छलफल हुने सर्भेयर सघंका अध्यक्ष मोहन पुरुष ढकालले जानकारी दिए । उनी भन्छन्,‘ बीमक सघंले हाम्रो गुनासो सुन्ने र समन्वयमा अघि बढ्ने सन्दर्भमा भोलि बोलाइएको छ। हामी हाम्रो गुनासोको समाधान निकालेर बीमक सघंलाई धन्यवाद दिन आतुर पनि छौ ।’

पछिल्लो पटक सर्भेयर शुल्क २०७३ वैशाख १  गतेदेखि बढेको थियो । उक्त पुरानो सर्भे शूल्कलाई परिमार्जन गर्न सर्भेयर संघले अनुरोध गरेपछि बीमा प्राधिकरणको निर्देशनमा ‘सर्भे फी स्केल कमिटि’ नै गठन भएको थियो । तर, कुनै निर्णय भने हुन सकेन । यसका बाबजुद सर्भेयर सघंले परिमार्जित गरेको सर्भे शुल्क स्केल लागू गर्न सर्भे संघले पछिल्लो पटक २०८१ वैशाख ३ गते बीमक संघलाई पत्र पठाएको थियो ।

बीमक संघले सो पत्र बेवास्ता गरेपछि जेठ २१ गते फेरी पत्र पठाएको सर्भे संघले जनाएको छ । तर, त्यस पत्रको विषयमा छलफल नै नगरी बीमक संघको कार्यसमिति बैठक सकिएको बताइएको छ । सर्भेयर सघंको प्रस्तावलाई नकार्दै आफ्नै मात्र नतिजा निकालेको भन्दै सर्भेयर सघंल बीमा प्राधिकरणमा निवेदन गरेसँगै बीमक सघंले छलफलको लागि बोलाएको हो ।