आउँदो वर्ष बैंकका कर्मचारीलाई ४४ दिन बिदा

आउँदो वर्ष बैंकका कर्मचारीलाई ४४ दिन बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीहरुले आउँदो वर्ष ४४ दिन बिदा पाउने जनाएको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले आगामी वर्ष २०७९ मा बैंक तथा वित्तीय संस्थाहरु ४४ दिन बन्द हुने जनाएको हो । बैंक तथा वित्तीय संस्थाहरु बन्द हुँदा बैंकका कर्मचारीले पनि बिदा पाउनेछन् ।

केन्द्रीय बैंकका अनुसार वर्षको पहिलो दिन अर्थात नयाँ वर्षको दिन बैंक बिदा हुनेछन् । बैशाख १८ गते विश्व मजदुर दिवस हुनेछ । बैंकका कर्मचारीहरुले दशैं तिहारमा मात्रै ११ दिन घर बस्न पाउने भएका छन् । दशैंमा ६ दिन र तिहारमा ५ दिन बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् ।

चालु आवका लागि राष्ट्र बैंकले ३२ दिन बैंक बन्द हुने सूचना जारी गरेको थियो । तर,  आगामी वर्ष भने बढाएर ४४ दिन पुर्याएको हो । त्यस बाहेक सरकारी बिदा र कर्मचारीको संस्कृति वा उनीहरुले मनाउने पर्व अनुसार उनीहरु बिदा लिन पाउनेछन् ।