१ः१ रेसियोमा मर्जर हुने तयारीमा कुमारी र मेगा बैंक 

१ः१ रेसियोमा मर्जर हुने तयारीमा कुमारी र मेगा बैंक 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

 
कुमारी बैंक र मेगा बैंक विच मर्ज हुनको लागि अनौपचारिक छलफल अघि बढ्ेको छ । औपचारिक रुपमा मर्ज हुने घोषणा नभएपनि कुमारी बैंक स्रोतको अनुसार दुई बैंक एक हुने कुरा बाहिर आएको हो । साथै, मर्ज भएपछि हुने नाम, स्वाप रेसियो, बैंकमा कसलाई सिईओ बनाउने तथा संञ्चालक, अध्यक्ष लगायत सबै कुरामा टुंगो लागिसकेको कुरा जानकारीमा आएको हो ।

 कुमारी बैंक स्रोतका अनुसार मेगा र कुमारी बैंकबीच १ः१ रेसियोमा मर्जनमा जाने अनौपचारिक सहमति भईसकेको छ ।

कुमारी बैंकको स्रोतको जानकारीलाई मेगा बैंकका एक सञ्चालकले पनि यस बिषयलाई पुष्टि गरेका छन् । साथै, मर्जर पञ्चात बन्ने नयाँ बैंकको सि.ई.ओ मा अनुपमा खुञ्जेली लाई नै निरन्तरता दिने सहमति भएको स्रोतको भनाइ छ ।
यस्तै, मेगाका संञ्चालकले नामको बिषयमा मेगा कुमारी नाम प्रस्ताब गरेका छन् । भने कुमारी बैंकका अध्यक्षले कुमारी मेगा राख्ने प्रस्ताव अघि सारेका छन् । तर यसका खासै ठुलो मतभेद नभएकोले कुरा केही दिनमा टुंगिने स्रोतको दाबी छ ।