नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा चैत ११ गते शुक्रबार बस्ने

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा चैत ११ गते शुक्रबार बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेशनल हाइड्रोपावर कम्पनीको यसअघि स्थगित साधारण सभा चैत ११ गते बस्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले चैत ११ गते डेलिश ओपेरा रेष्ट्रो एन्ड बैंक्वेट, बालुवाटार काठमाडौंमा दिउँसो १ बजे साधारण सभा आह्वान गरेको हो । यसअघि फागुन ३० गते सोमबार बोलाइएको साधारण सभा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको थियो ।

सभाले गत आवको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्नै प्रस्ताव अनुमोदन गर्नेछ । 

यस्तै, कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई १०.२५ सेयर अनुपातमा एक्वायर गर्ने प्रस्ताव सभामा लैजाने भएको छ । जसअनुसार सुनकोशीको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि नेशनल हाइड्रोपावरको २५ कित्ता सेयर पाउने छन् । सभा मार्फत एक्विजिसन सम्बन्धी भएका सम्पूर्ण कार्यहरु अनुमोन गर्ने प्रस्ताव छ ।

यसैगरी कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त प्रस्ताव साधारण सभाबाट पारित गरी हकपद निष्काशन प्रकृया अगाडि बढाउने कम्पनीको तयारी छ । सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन गरी छनोट पनि हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते नेशनलले बुकक्लोज गरिसकेको छ । बुकक्लोज अनुसार फागुन १२ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित बोनस सेयर पाउन सक्नेछन् ।