क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्वीर आएपछि सीआईबी पुगिन् प्रियंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएकी छन् ।

केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको क्षेत्रीय विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै प्रियंका आइतबार सीआईबीको कार्यालय पुगेकी थिइन् । उनले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उजुरी दिएकी हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुने छ। कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो कायम गर्न नसकिने अवस्थामा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

हाल सम्म नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी मुद्रा दुई ओटा मात्र दर्ता भएको छ ।

नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गरिसकेको छ ।