क्रिप्टोमा गरेको सबै लगानी डुब्नसक्नेः युरोपेली युनियन

क्रिप्टोमा गरेको सबै लगानी डुब्नसक्नेः युरोपेली युनियन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
क्रिप्टोकरेन्सीमा गरेको सबै लगानी डुब्नसक्ने भन्दै युरोपेली युनियन (ईयू) ले सचेत गराएको छ ।

ईयू अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन गर्ने निकायले उपभोक्ताले क्रिप्टोकरेन्सी लगायत डिजिटल सम्पत्तिमा गरेको लगानी डुब्नसक्ने चेतावनी दिँदै एक विज्ञप्ति जारी गरेको छ ।

साथै नियामकले ईयुको वित्तीय सेवा कानुन अनुसार क्रिप्टोकरेन्सीमा गरेको लगानीमा ठगिँदा वा डुब्दा उपभोक्ताले क्षतिपूर्ति नपाउने बताएको छ ।

हाल उपभोक्ताले बिटक्वाइन र इथर लगायत हाल विद्यमान फरक९फरक १७,००० वटा क्रिप्टोकरेन्सीमा यसको जोखिम नबुझी लगानी गरिरहेकोमा नियामकले चिन्ता व्यक्त गरेको छ ।

बजारमा भएका क्रिप्टोकरेन्सीमध्ये बिटक्वाइन र इथरको मात्र ६० प्रतिशत हिस्सा छ ।

छोटो समयमा धेरे कमाई हुने लोभमा विभिन्न इन्फ्लुएन्सर तथा अन्य विज्ञापनको पछि लागेर उपभोक्ताले जोखिम मुल्याङ्कन नगरी क्रिप्टोकरेन्सीमा लगानी गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लगानी गर्नुपूर्व सचेत रहन पनि नियामकले उपभोक्ताहरूलाई आग्रह गरेको छ ।