श्रीलंका चरम आर्थिक संकटमा, ऋण तिर्दा मै सकियो विदेशी मुद्रा

श्रीलंका चरम आर्थिक संकटमा, ऋण तिर्दा मै सकियो विदेशी मुद्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पछिल्लो दशकमा राम्रो आम्दानी गरेको श्रीलंका हाल आएर आर्थिक संकटको बिच बाचिरहेको छ । नेपाल भन्दा करिब ९० लाख कम जनसंख्या भएको श्रीलंकाको राम्रो आम्दानी रहेको थियो । नेपाल भन्दा झन्डै साढे दुई गुणा ठुलो अर्थतन्त्र भएको मुलुक हो । श्रीलंकाको प्रतिव्यक्ति आय तीन सय भन्दा माथि छ । 

केहि महिना यता आर्थिक अवस्था निकै दर्दनाक अवस्थामा रहेको छ । श्रीलंकाको राष्ट्रपतिले गएको भदौंमा नै आर्थिक संकट घोषणा गरेका थिए । कोभिड महामारी पछि दक्षिण एसियामा आर्थिक संकट घोषणा गर्ने मुलुक श्रीलंका हो । पछिल्लो समय रुस–युक्रेन युद्धले समेत श्रीलंकामा असर गरेको हो ।

श्रीलंकामा दिन प्रतिदिन जनप्रदर्शन गईरहेको छ । आम उपभोग्य वस्तुको मुल्य बढ्नुको साथै पैसा तिरेर किन्छु भन्दा पनि सहजै पाइएको छैन । अत्यावश्यक बस्तु मध्ये ग्यास, औषधीको साथै अन्य खाध्य वस्तुहरु छानेर लिन पाउन सक्ने अवस्था त्यहाँ छैन । पैट्रोल अभावको साथै विजुली समेत छैन ।

आर्थिकमन्दीले जनजिवन अस्तव्यस्त भएको छ । त्यसैले पनि श्रीलंकालीहरु दिन प्रतिदिन सरकार विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

गत असार बाट श्रीलंकाको अर्थ व्यवस्था नराम्रो सँग धर्मराउँन थालिसकेको थियो । सरकारले मुल्य तोकिदिएपछि आयातकर्ताहरु हात बाधेर बसे । जसको कारणले थप आर्थिक संकटलाई बढवा दिन मदत पुग्यो ।
यसरी श्रीलंका आजको स्थितिमा आउँनुको कारण व्यापक ऋण लिएर खर्च गर्नु हो । स.न् २०२० मा नै श्रीलंकाको सरकारी ऋण अर्थतन्त्रको १०१ प्रतिशत पुगिसकेको थियो । स.न् २००५ पछि व्यापक ऋण उठाउन लागेको श्रीलंका अहिले त्यही ऋणको पासोमा परेको छ । गएको दुई बर्षमा मात्र श्रीलंकाको विदेशी विनिमय ७० प्रतिशतले घटेको छ । 

श्रीलंकाले चीन सँग ऋण लिएर विकासमा लगानी गर्याे तर ऋण तिर्न दुई बर्षमा २ अर्ब ३१ करोड अमेरिकी डलर सकियो । अनि विस्तारै सरकार सँग विदेशी मुद्रा सकिदै गयो र अत्ति आवश्यक वस्तु आयात गर्नको लागि विदेशी विनिमय नभएपछि अहिले अरु देश सँग फेरी पनि ऋणकै लागि हात पसारी रहेको छ ।

अर्थतन्त्र डामाडोल भएपछि श्रीलंकाको मुद्रापनि सस्तिएको छ । केद्रिय बैंकले आयातकर्ता बाट डलर लिदा १ डलरको दुई सय रुपैंया भन्दा बढी तिर्न नपाउने व्यवस्था गरेको थियो । तर त्यो प्रकारको हस्तक्षेपले पनि काम गरेन । ६ महिना सम्म १ अमेरिकी डलरको भाउ १९० रुपैंया रहेकोमा हाल २ सय ८० पुगेको छ ।

श्रीलंकाले अर्काे धक्का विशादी र रसाईनिक मल बाट व्योहोर्याे । यस बर्ष नै श्रीलंकाले अर्गाेनिक देश घोषणा गर्याे जसको कारण कृषि उत्पादनमा ह्रास आयो । जसको कारणले उत्पादनमा ३० प्रतिशतले घट्यो र मुल्य पनि ३० प्रतिशतले नै बढ्न पुग्र्याे । अर्थतन्त्रमा साढे बाह्र प्रतिशतले योगदान दिएको पर्यटन व्यवसाय कोभिडको कारणले ध्वास्त भयो । दुई बर्ष अगि मासिक ४५ करोड रहेको पर्यटन आय अहिले २० लाख डलरमा झरेको छ । हाल श्रीलंकाको व्यापार घाटा ८ अर्ब रहेको छ । रुस– युक्रेन युद्धको कारणले आयात तथा निर्यातमा नहुनुको साथै पर्यटन समेत नआउनुले त्यहाँको आर्थिक संकटलाई थप सघाउ पुगेको छ । 
हालैको दिनमा सञ्चालन हुन लागेको विद्यालय स्तरको परिक्षाको लागि आवश्यक पर्ने कपी समेत किन्ने पैसा छैन श्रीलंका सँग । ऋणमा रहेको श्रीलंकाले फेरी पनि ऋण नै लिएर संकट टार्ने बाटो खोजीरहेको छ ।