काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि सोही मूल्यमा कारोबार भएकाे हाे ।
आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।
प्रतिक्रिया