जीवन विकासको एजिएम आह्वान, ७३% लाभांश अनुमोदन सहित यस्ता छन् प्रस्ताव

जीवन विकासको एजिएम आह्वान, ७३% लाभांश अनुमोदन सहित यस्ता छन् प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश लगायत अन्य विभिन्न प्रस्ताहरु पारित गर्न चैत २५ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको ७३ प्रतिशत लाभांश सहित अन्य प्रस्तावहरु पारित गर्नका लागि चैत २५ गते संस्थाको केन्द्रिय कार्यालय कटहरी मोरङ्गमा तेस्रो वार्षिक साधारण सभा डाकेको हो । सभा बिहान १०ः३० बजे आह्वान गरिएको छ ।

उक्त सभाले सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित ७० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजन सहित ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै सभामा जीवन विकास लघुवित्त र अन्य लघुवित्तसँग मर्जर अथवा एक्वीजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अखितयारी प्रदान गर्ने साथै सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

जीवन विकासले बोनस सेयर वितरणपछि पूँजी वृद्धि हुने भएकाले अधिकृत पूँजी एक अर्बबाट वृद्धि गरी २ अर्ब तथा जारी पूँजी ६० करोड ८४ लाखबाट वृद्धि गरी एक अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजका लागि लघुवित्तले चैत १२ गते शनिबारदेखि चैत २५ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

बुकक्लोज अनुसार चैत १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ सेयरधनी कायम भएका लगानीकर्ताहरुले मात्र लघुवित्तको लाभांश प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।