सहकारीको ‘कुप कार्ड’ लिएपछि जुनसुकै एटिएमबाट पैसा निकाल्न सकिन्छः सिइओ भुजु   

सहकारीको ‘कुप कार्ड’ लिएपछि जुनसुकै एटिएमबाट पैसा निकाल्न सकिन्छः सिइओ भुजु   

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्मार्ट क्युआरका सिईओे नारायण प्रकाश भुजुले सहकारीको कुप कार्ड प्रयोग गरी नेपालका जुनसुकै एटीएमबाट पनि रकम झिक्न सकिने बताएका छन । आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच कुप कार्ड सञ्चालन गर्ने बिषयमा हस्ताक्षर गर्दै उनले यस्तो बताएका हुन । 

सहकारीमा एकरुपता ल्याउनको लागि कुप कार्डलाई प्रयोगमा ल्याउँन लागेका उनले जानकारी दिए । तर, राष्ट्र बैंकको नियन्त्रणमा नरहने सहकारीलाई यस्तो कुप कार्डको प्रयोगमा ल्याउँदा जिम्मेवार निकाय को हुन्छ, भन्ने प्रश्नमा उनले भने, ‘यसको नियन्त्रण राष्ट्रिय सहकारी विकास बोर्डले गर्छ । यद्यपी पूर्ण रुपमा यस निकायले सहकारीलाई नियन्त्रण गर्ने भएकाले यो पूर्ण रुपमा सुरक्षीत र भरपर्दो हुन्छ ।’ कुप कार्डको प्रयोगले साधारण कामको लागि बैंकमा जान नपर्ने र कुप कार्डबाट  २४ घण्टा सेवा दिईने सिईओ भुजुले बैकिङ्ग समाचारलाई बताए । 
\"\"कुप कार्डको मदतले विद्युतिय कारोबार समेत गर्न मिल्ने र कार्डमा अन्तराष्ट्रियस्तरको चिपको प्रयोग गरिनुको साथै कन्टाक्टलेश प्रविधीमा आधारित रहेको उनले बताए । 

कार्डलाई नेपाल तथा भारतका एटिएम मेसिनमा पिओएस मार्फत सहजै प्रयोग गर्न सकिन्छ । सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने तथा साधारण कामको लागि बैंक जानुपर्ने बाध्यताबाट मुक्त हुने  सिईओ भुजुले बताए । 

कुप कार्डका विशेषताहरु 
– नेपाल तथा भारतको एटिएम मेसिनमा प्रयोग गर्न मिल्ने ।
– सहकारीहरुको एकै प्रकारको कुप कार्ड । 
– अन्तराष्ट्रियस्तरको चिप कार्ड प्रयोग ।
– कन्टाक्टलेश प्रविधीमा आधारित ।
– विद्युतीय कारोबार समेत गर्न सकिने ।
– साथै, साधारण कारोबारको लागि बैंक सम्म जान नपर्ने ।