अन्तर्राष्ट्रिय महिला दिवसमा मेगा बैंकका सीइओ खुँजेली सहित विभिन्न व्यक्ति सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल उद्योग परिसंघले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विभिन्न क्षेत्रमा आबद्ध भएका महिलाहरुलाई सम्मान गरेको छ । परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई समेत सम्मान गरेको छ ।

परिसंघले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका महिलाहरू अनुपमा खुँजेली, रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, उपाशना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिक र महिलाबाट नेतृत्व प्रदान भएको गोरख काली गुल्मलाई सम्मान गरिएको छ ।

कार्यक्रममा परिसंघका कार्यबाहक अध्यक्ष निर्वाण चौधरीले महिलाहरूलाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउँदै दीगो आर्थिक विकासको आधार तयार गर्नुपर्नेमा जोड दिए । दक्षिण एसियामा नेपालले महिलाहरूलाई वित्तीय पहुँच विस्तारमा उल्लेखनीय काम गरिरहेको बताए । उनले अहिलेको विश्वमा महिलाहरूले महत्त्वपूर्ण क्षेत्रमा सफल नेतृत्व गरिरहेको पनि उल्लेख गरे ।

परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमकी सभापति छाँया शर्माले भविष्यको दीगोपनका लागि आजैबाट लैंगिक समानताका लागि काम गर्नुपर्ने बताइन ।