रुस–युक्रेन युद्धको असर नेपाली अर्थतन्त्रमा पनि

रुस–युक्रेन युद्धको असर नेपाली अर्थतन्त्रमा पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
युक्रेन–रुस जारी युद्धको असर नेपालमा पनि देखिएको छ । सुन र चाँदीको भाउ बढेसँगै नेपली रुपैया सस्तिएको छ ।
६ हजार किलोमिट टाढा रहेको नेपाललाई नयाँ–नयाँ तरिकाले प्रभावित पारिरहेको छ । यस युद्धले सन्सार भरि महँगी बढाएको छ । नेपालमा सट्ही सुविधा पाउने अधिकाश विदेशी मुद्रा व्यापक महँगीन थालेको छ ।
युक्रेन युद्धले युरोपका प्रमुख देशहरुको मुद्रा कमजोर बनाएको छ, भने बार्जिल अष्टेलिया, जापान, अमेरिका क्यानाडा देखि खाडी र दक्षिण पूर्वी एसियाका मुलुकको मुद्रा बलियो भएका छन् । यस्तो बेला निकै सस्तिने मुद्रा मध्येको एउटा भारतीय रुपैंया पनि हो । जसको असर नेपालले पनि खेप्नु परेको छ । हाल भारु ईतिहासकै कमजोर भईदिएपछि नेपाली मुद्रापनि लगातार अवमुल्यन भईरहेको छ । 
पछिल्लो एक महिनामा मात्रै राष्ट्र बैंकले सट्ही सुविधा दिने २० मध्ये १६ मुद्रा महँगिएका छन् । सबैभन्दा बढी अष्टेलियन डलर ६ प्रतिशत भन्दा बढी महँगिएको छ । थाइल्याडको भाट र स्विजरल्याडको फ्याक विनिमय दर ३ प्रतिशतले बढेको छ । भने जापान, क्यानडा, चीन, मलेसिया, संयुक्त राज्य इमिरेट्स, कतार, बहराईन, अमेरिका, साउदी अरब, हङ्गकङ्ग, कुबेत, दक्षिण कोरियाको मुद्रा महँगिएका हुन् ।
बेलायत, डेनमार्क, युरो, र स्वीडेनका मुद्रा भने सस्तो भएको छ । स्वीडेनका पैसा नेपालमा झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।
अन्तराष्ट्रिय मुद्रा बजारमा देखिएको यो उतार–चढाबले सबैभन्दा धेरै र प्रत्यक्ष असर ती देशमा भएका नेपालीले पठाउने रेमिटे्न्समा पर्नेछ । तेस्रो देश सँगको व्यापारमा अधिकतर अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने भएकाले यसले नेपालमा धेरै आयातित बस्तुको मुल्य बढाउने छ । 
अन्तराष्ट्रिय बजारमा कोइलाको भाउ महँगिदा त्यसको भार खेपिरहेका नेपालका फलाम र सिमेन्ट उद्योगहरुले थप ब्यवहार सहाल्नु पर्ने भएको छ । किनकी अष्टेलियाले नेपालबाट गत साउन देखि माघ सम्म आयातमा खर्चेको १६ अर्ब ३० करोड मध्ये ६ अर्बको कोइलामा मात्रै गएको छ । प्रशोधित खाने तेलको मदतमा विस्तारै बढ्न थालेको नेपालको व्यापार समस्यामा पर्न सक्नेछ । आफ्नो मुद्रा सस्तिदा निर्यात बढ्नु पर्ने भएपनि आयातित कच्चा पदार्थमा निर्भर भएकाले नेपाली निर्यात योग्य वस्तुको लागत बढ्ने छ । अब तेस्रो देशबाट किन्ने सामानको भाउ महँगिने छ । यसले नेपालको अर्थतन्त्रलाई कमजोर बनाउँने जोखिम देखिएको छ ।