नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार १ बजे बाँडफाँड हुने

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार १ बजे बाँडफाँड हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्तको आईपीओ फागुन २४ गते मंगलबार दिउँसो १ बजे बाँडफाँडको समय तालिका तय भएको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार होटल येलो पेगोडा जमल काठमाडौंमा दिउँसो १ बजे बाँडफाँड हुने भएको हो ।

७७ हजार ४५६ जनाले मात्र आईपीओ पाउने

नेष्डो समृद्ध लघुत्तको आईपीओ ७७ हजार ४५६ जनाले मात्र पाउनेछन् । कम्पनीको आईपीओमा खरीका लागि मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको कुल निष्काशित संख्यालाई दश कित्ताका दरले निष्काशित सेयरले पुगेसम्मका लगानीकर्तालाई बाँडफाँड गर्नुपर्ने हुन्छ ।

यसअनुसार कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका इकाईलाई सुरक्षित गरी सर्वसाधारणबाट ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन माग गरेको थियो ।

गोलाप्रथाबाट दश कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा ७७ हजार ४५६ जनाले १० कित्ता दरले पाउनेछन् ।

यसरी बाँडफाँड गरी बाँकी रहेको ३ कित्ता सेयर थप १.१ कित्ताका दरले ३ जनाले पाउनेछन् । यसो हुँदा ७७ हजार ४५३ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ता आईपीओ हात पार्नेछन् ।

अन्तिम दिनसम्मको रेकर्ड अनुसार आईपीओमा २६ लाख १० हजार १२७ वटा आवेदन परेकाले २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुने देखिन्छ । यद्यपी तथ्याङ्क प्रमाणिकरणका क्रममा रद्द आवेदन हटाउँदा बाँडफाँड हुन योग्य लगानीकर्ताको संख्या भने कम हुनेछ । आईपीओमा सर्वसाधारणबाट माग गरिएको कित्ताभन्दा मागभन्दा ३९.०२ गुणा बढी अर्थात ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बरारको ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन परेको छ ।

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये सामूहिक लगानी कोषका इकाईहरुका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीहरुका लागि १२ हजार ७५० कित्ता छुट्याइएको थियो ।