सानिमा बैंकद्धारा दिर्घायु बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ। सानिमा दीर्घायु बचत खाताअन्तर्गत दीर्घायु तलब बचत खातावालाको परिवारलाई उक्त भुक्तानी गरेको बैंकले जनाएको छ। 

बैंकका धनगढी शाखाका ग्राहक गणेशप्रसाद ओझाको दुर्घटना परि मुत्यु भएकोमा उनकी श्रीमती कमली पन्त ओझालाई बैंकले रकम भुक्तानी गरेको बैंकले जनाएको छ।

सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन्।

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार रुपैयाँसम्मको औषधोपचार बीमा, १० हजार रुपैयाँ बराबरको ओपीडी सेवा र ५ हजारसम्मको स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ वटा कार्यालय तथा १०३ वटा एटीएम संचालनमा छन्।