काठमाडौँ । नेपालमा पछिल्लो समय अनलाईनमार्फत रकम ठगि गर्नेक्रम बढ्दो अवस्थामा रहेको नेपाल प्रहरीले जनाएको छ । सामाजिक सञ्जालको प्रयोग गर्दै विभिन्न ‘एप्स’को दुरुपयोग गर्दै ठग्नेक्रम बढेको प्रहरीले जनाएको हो ।
यसैक्रममा अनलाईनमार्फत ५६ लाख रुपैयाँ ठग्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । बैंक खातामा ५६ लाख रुपैयाँ पठाउन लगाउने इम्तियाज अहमदलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
ती व्यक्तीले सामाजिक सञ्जालमार्फत एप्सको दुरुपयोग गरी कम्प्यूटर, ल्यापटप, आईफोन लगायतका विभिन्न सामान उपलब्ध गराउँदै ठग्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहमदले पिडितलाई माथि उल्लेखित वस्तु उपलब्ध गराउने र कोरोनाका कारण मृत्यू भएका विदेशीको उत्तराधिकारी बनाउँदै निजको खाताको रकम उपलब्ध गराउने प्रलोभनमा पार्दै आएका थिए ।
प्रहरीले पक्राउ परेका अहमदलाई प्रक्राय गरेर छानबिन गरिरहेको बताएको छ ।



About Us
प्रतिक्रिया