अब नेपालमा समेत गुगल पे र पेटीएम चल्ने, भारत जाँदा ईसेवा, खल्तीबाटै भुक्तानी गर्न सकिने

अब नेपालमा समेत गुगल पे र पेटीएम चल्ने, भारत जाँदा ईसेवा, खल्तीबाटै भुक्तानी गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अब नेपालमा पेटीएम र गुगल पे जस्ता डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । नेपाल स्थित गेटवे पेमेन्ट सर्भिस प्रालिले युनिफाइड पेमेन्ट इन्टरफेस नेपालमार्फत यस्तो सेवा सञ्चालनमा आउने भएको हो ।

त्यसका लागि गेटवे पेमेन्ट सर्भिस प्रालिले भारत स्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै अब दुई देशका विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकबीच विद्युतीय भुक्तानी सेवाप्रदायकबीच अन्तरआवद्ध भुक्तानी सञ्जाल सञ्चालनमा आउने बाटो खुलेको हो ।

यससँगै भारतमा प्रचलनमा रहेका पेटीएम, गुगल पे, फोनपे, भारत पे लगायतका डिजिटल वालेटबाट नेपाल स्थिति कुनै पनि बैंक खाता तथा डिजिटल वालेटको खातामा तुरुन्तै रकमान्तर गर्न सकिने व्यवस्था गर्न लागिएको छ । यो सेवा सञ्चालनमा आएपश्चात भारतीय नागरिक तथा भारतमा रहेका नेपाली नागरिक नेपाल आउँदा गुगल पे, पेटीएम, फोन पे, भारत पे जस्ता वालेटबाट नेपाल स्थित फोन पे तथा अन्य क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै नेपाली नागरिकहरू भारत यात्रामा जाँदा नेपाल स्थित ईसेवा, खल्ती, आईएमई पे जस्ता वालेट र मोबाइल बैंकिङमार्फ त्यहाँका क्यूआर कोडमा स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइएको छ । आगामी तीन महिनाभित्र प्रारम्भिक चरणमा यस्तो सेवा सञ्चालन गरिने छ ।

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तर्राष्ट्रिय (क्रस बोर्डर) कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति समेत लिइसकेको छ ।

हाल नेपाल एसबीआई र एभरेस्ट बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड नेपाल भारत दुवै मुलुकमा प्रयोग गरी रकम झिक्न सक्ने सुविधा रहेको छ । तर अनलाइन भुक्तानी तथा डिजिटल वालेटमा यो नै पहिलो हुनेछ ।