काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको ६६ हजार ५६६ कित्ता शेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँ निर्धारण गरेको छ । सो शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् ।
शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर र मूल्यसमेत खुलाई काठमाडौंको कमलादीस्थित कम्पनीको कार्यालयमा निवेदन दिनु पर्नेछ ।



About Us
प्रतिक्रिया