अहिलेको अभावलाई सम्बोधन गर्ने गरी केहि दिनभित्रै मौद्रिक नीति आउँछ


काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी केहि दिनभित्रै मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन्। उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केहि दिनभित्रै मौद्रिक नीति आउने बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने जानकारी दिए । होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि बताए । नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको जानकारी दिए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो, त्यसको निरन्रता हुनुपर्दथ्यो, नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ’, अर्थमन्त्री पौडेलले भने।