ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ मा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ मा १५ प्रतिशत क्यास ब्याक अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ ।

अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यास ब्याक पाउने व्यवस्था गरिएको छ । यो मौका फागुन  १ देखि २ गतेसम्म रहन्छ । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटिएम, २६३ शाखारहित सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरि करिब ८५० केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

त्यसैगरी बैंकले अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा योगदान पुर्याएको छ ।