फागुनबाट मुद्धती निक्षपमा व्याजदर बढाउने तयारीमा बैंकहरु

फागुनबाट मुद्धती निक्षपमा व्याजदर बढाउने तयारीमा बैंकहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउने भएका छन् । यसअघि ब्याजदर तोक्नुअघि बैंकर्स सँघले ब्याजदर कति तोक्ने भन्ने सहमति गर्दै आएकोमा फागुनदेखि भने अब बैंकहरुलाई नै स्वेच्छिक रुपमा ब्याजदर बढाउन अथवा घटाउन छुट दिएको छ ।

तर धेरै बैंकहरु तरलता अभावका कारण ब्याजदर बढाउने पक्षमा देखिएका छन् । लामो समयदेखि तरलता समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न पनि ब्याजदर बढाउने तयारी थालेका हुन् ।

शुक्रबार बसेको बैंकर्स एसोसिएसनको बैठकले बैंकहरुलाई ब्याजदर तोक्न स्वतन्त्र छोडेको एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । उक्त बैठकमा बेल्दै शर्माले बताए बैंकले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउने गरी निर्णय भएको छ । उनले भने घटाउनेले घटाउन पाए र बढाउनेले बढाउन पाए । 

वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए । तर प्रणालीमा लगातार तरलता दबाव बढ्दै जाँदा बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका हुन्  ।

गत महिना धेरैजसो बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर तोकेका थिए । केन्द्रीय बैंकले एक महिनामा समग्र बैंकिङ्ग सिष्टमको औसत ब्याजदर भन्दा १० प्रतिशतले मात्रै घटबढ गर्न पाउने व्यवस्था गरेको छ ।

फागुनदेखि धेरै बैंकहरु मुद्दतीको ब्याज ११ प्रतिशतभन्दा माथि पुर्याउने तयारीमा छन् ।