क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चूनौती, चालु आवमा साढे १५ खर्बमात्रै बजेट खर्च हुनेः अर्थमन्त्री शर्मा

क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चूनौती, चालु आवमा साढे १५ खर्बमात्रै बजेट खर्च हुनेः अर्थमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै पूर्ण आकारमा बजेट खर्च नहुने बताएको छ ।

बिहीबार अर्थमन्त्रालय अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आवमा १५ खर्ब ४६ अर्ब रुपैयाँ मात्र खर्च हुने जानकारी दिए। जुन बिनियोजित बजेटको ९४.७ प्रतिशत मात्रै हो।

गत भदौमा प्रतिस्थापन विधेयक जारी गर्दै अर्थमन्त्री शर्माले बजेटको आकार १६ खर्ब ३२ अर्बको रुपैयाँ तय गरेका थिए।

उनका अनुसार चालु आवमा चालू खर्च १० खर्ब ३५ अर्ब रुपैयाँ, पुँजीगत खर्च र ३ खर्ब ९० रुपैयाँ र वित्तीय व्यवस्थापनमा १ खर्ब ७० अर्ब रुपैयाँ खर्च हुनेछ ।

उनले पूर्व तयारी नभइ बजेट ल्याउँदा पुँजीगत खर्च हुन नसकेको समेत दाबी गरे । उनले यसका लागि बजेट निर्माणको तरिका नै बदल्नुपर्ने बताए । अर्थमन्त्रीका रुपमा प्रतिस्थापन विधेयक जारी गरेपछि शर्माले चालु आवको पहिलो तीन महिना पुँजीगत खर्च १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने घोषणा गरेका थिए । तर उनले भनेअनुसार हालसम्म पुँजीगत खर्च बढ्न सकेको मात्रै छैन, उनले लिएको लक्ष्य नजिक पनि खर्च हुन सकेको छैन ।

उनले पुँजीगत खर्च बढाउन आगामी वर्षमा पहिले नै मापदण्ड बनाउनुपर्ने समेत बताए ।

बजेटको समीक्षा गर्दै अर्थमन्त्री शर्माले हाल नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चूनौती भएको बताए । उनले पछिल्लो समय क्रिप्टोकरेन्सी तथा हाइपर फन्डको कारोबारमार्फत नयाँ तरिकाबाट क्यापिटल फ्लाइट भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।