काठमाडौं – नेपाल बीमा प्राधिकरणले आज सूचना जारी गर्दै बीमा सर्भेयरको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार परीक्षामा कुल ३६ जना बीमा सर्भेयर उत्तीर्ण भएका छन्।
प्राधिकरणले गत असार २७ गते बीमा सर्भेयरको परीक्षा सञ्चालन गरेको थियो। जसमा उत्तीर्ण भएकाहरुले ५० देखि ९६ अंकसम्म प्राप्त गरेका छन्।
उत्तीर्ण भएकाहरुलाई बीमा सर्भेयर इजाजतपत्र लिन आउँदा एक प्रति हार्ड कपीसहित उपस्थित हुन प्राधिकरणले आग्रह गरेको छ।



About Us
प्रतिक्रिया