प्यानकार्ड फर्ममा राष्ट्र बैंक देखिएपछि….

प्यानकार्ड फर्ममा राष्ट्र बैंक देखिएपछि….

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, काठमाडौं ।
आन्तरिक राजस्व विभागको वेबसाइटमा व्यक्तिगत प्यान कार्डको अनलाईन आवेदन दिँदा राष्ट्र बैंक स्वंयम अप्सनमा देखिएको छ । व्यक्तीगत प्यान लिँदा उक्त फर्ममा आम नागरिकलाई व्यक्तीगत बैंक खाताको विवरण भर्न भनिएको हुन्छ । त्यसमा बैंकहरुकै नियमनकारी निकाय राष्ट्र बैंकको नाम ‘अप्सनमा आउँदा’ आश्चर्यजनक मानिएको छ । किनकी नेपाल राष्ट्र बैंकमा कुनै पनि व्यक्तीको खाता नै हुँदैन । राष्ट्र बैंकमा त केवल बैंक तथा वित्तिय संस्थाहरु तथा सरकारी निकायहरुका अत्यन्त महत्वपूर्ण खाताहरु मात्रै कायम गरिएको हुन्छ । तर, आन्तरिक राजस्व विभागबाट प्यानकार्ड लिने फर्ममा यस्तो देखिएपछि राष्ट्र बैंकको गरिमामै आँच आएको छ ।

नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने, मौद्रिक नितिको संञ्चालन गर्ने, सरकारको बैंक तथा बैंकको पनि बैंकको रुपमा भुमिका निर्वाह गर्ने गर्दछ । हरेक मुलुकमा केन्द्रिय बैंक रहन्छ जसको अर्थ कुनै पनि मुलुकको मौद्रिक प्रणालीको नियमन तथा सुपरिवेक्षकीय निकायको रुपमा रहेको हुन्छ । साथै नेपाली नोट निष्कासन गरी नेपाली मुद्रा चलनचल्तीमा ल्याउने काम पनि राष्ट्र बैंकको हो । यती महत्वपूर्ण काम गर्ने प्रवुद्ध संस्थाको नाम व्यक्तीगत प्यान कार्ड भर्ने बैंकहरुको अप्सन भएको ठाउँमा आउँदा अलिक सोभनीय नदेखिएको हो कि भन्ने मानिएको छ ।

\"\"