काठमाडौं – नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरूबीच भएको डेडिकेटेड र ट्रंक लाइनको बक्यौतासम्बन्धी विवादबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पछिल्लो समयमा विद्युत प्राधिकरणले उद्योगहरूको लाइन काट्न थालेको र केही उद्योगहरूले यसको विरुद्ध अन्य उद्योगहरूले तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसले निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरूलाई चिन्ता बढाएको इप्पानको भनाइ छ।
ऊर्जा खपतका लागि ऊर्जा, उत्पादन गर्ने कम्पनीहरू, खपत गर्ने उद्योगहरू र यसको व्यवस्थापन गर्ने विद्युत प्राधिकरणबीच सौहार्दपूर्ण सम्बन्ध र कारोबारले नेपालको ऊर्जा विकास हुने भएकोले अहिले देखिएको विवादको व्यवस्थापन गर्न ढिलाई भइसकेको इप्पानको भनाइ छ।
नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायीको लाइन काट्ने निणर्यबाट र उद्योग व्यवसायीले पनि डेडिकेटेड बक्यौतालाई लिएर अरू उद्योगको लाइन आफै विच्छेद गर्ने अवस्थाबाट पछाडि हटेर वैकल्पिक बाटो अपनाउनु अत्यावश्यक रहेको इप्पानले जनाएको छ। विधिवत ढंगबाट यसको समाधान गरी निजी क्षेत्रहरूको उत्पादन गर्ने बिजुली खेर जाने वातावरण नबनाइ दिन उत्पादकहरूले आग्रह गरेका छन्।



About Us
प्रतिक्रिया