काठमाडौं – नवनियुक्त अर्थमन्त्री विष्णु पौडले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पौडेललाई कर्मचारीहरूले स्वागत गरेका छन्। नवनियुक्त अर्थमन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् ।
अर्थमन्त्री पौडेलले कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन्। ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ।



About Us
प्रतिक्रिया