काठमाडौं – भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातुसहित ४१ वर्षीया भारतीय नागरिक दिपक जयराम दास पक्राउ परेका छन्। उनलाई गएराति प्रहरीले पक्राउ गरेको हाे।
एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौं आएका उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ एरियामा जाँच गर्ने क्रममा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री १ थान, बाला २ थान, मोबाइल ४ थान र ल्यापटप ४ थानसहित पक्राउ परेका हुन्।



About Us
प्रतिक्रिया